आदर्श युवा क्लबद्धारा खेलकुद सामाग्री प्रदान

बुद्धशान्ति । आदर्श युवा क्लब बुद्धशान्ति झापाले क्लबको प्रतिनिधित्व गर्दै झापा जिल्ला स्तरीय एन्फा ए बी डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुने टीमका सदस्यहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।

शुक्रबार स्थानीय बुद्ध आदर्श मा.वि.को खेल मैदानमा आयोजित कार्यक्रमका अवसरमा क्लबको प्रतिनिधित्व गर्नका लागि पुजन थापाको नेतृत्वमा २० सदस्य टोलिको समेत घोषणा गरेको छ । सो टोलिमा छनौट भएका २० खेलाडीलाई फुटबल बुट प्रदान गरिएको हो ।

आदर्श युवा क्लब

सोहि अवसरमा क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मात्रिका श्रेष्ठले सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई सफलताको शुभकामना व्यक्त गरे । शुभकामना सन्देशमा उनले भने, “खेल हो खेलमा जित हार त अवस्य हुन्छ, जीत हासिल गर्नु हामी सबैको उद्धेश्य हुनुपर्दछ तर जीत भन्दा ठूलो कुरा खेलाडीको अनुशासन हो, त्यसैले सबैले खेलको अनुशासन पालना गर्दै क्लबको गरिमा उच्च बनाउनुहुन सबैमा अनुरोध गर्दछु ।”

आदर्श यूवा क्लबले आगामी जेठ ६ गते आफ्नो पहिलो खेल बिर्तामोड एफसी विरुद्ध खेल्ने सचिव दर्योधन सिंह देवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति