ओली र लामिछानेबिरुद्ध गिरीबन्धु गेटमा प्रदर्शन

बिर्तामोड । झापाको गिरीबन्धु टि–स्टेटको गेट अगाडि शनिबार दिउँसो नचिनेका मान्छेको समुहले प्रदर्शन गरेको छ । हदबन्धी भन्दा बढीको जमिन निजीकरण गर्ने तत्कालिन सरकारको निर्णय अदालतले उल्टाएपछि प्रदर्शन भएको हो ।

लगभग ५,७ जनाको समुहमा रहेका युवाहरुले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र हालका गृहमन्त्री रबी लामिछानेबिरुद्ध नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्ले कार्डमा ओलीलाई टि–स्टेटको जमिन घोटालाका नाइकेका रुपमा चित्रित गरिएको थियो । यस्तै गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा मुछिएको ब्यक्ति सार्वजनिक पदमा धारण गरेको उल्लेख थियो ।

ओली प्रधानमन्त्री भएको समयमा गिरीबन्धुले चर्चेको ३४३ बिगाहा जमिन सट्टापट्टा गरेर बिक्री गर्न दिने निर्णय भएको थियो । त्यसका लागि ओली नेतृत्वको सरकारले भूमिसुधार ऐन २०२१ नै संसोधन गरेका थिए ।

लामिछानेले बिभिन्न सहकारीबाट ऋण लिएर रकम अपचलन गरेको आरोप छ । उनको राजीनामाको माग राख्दै संसदको सबभन्दा ठुलो दल नेपाली कांग्रेसले निरन्तर सदन अवरुद्ध पारिरहेको छ ।

नेपाली कांग्रेसले दुई नेता जोडिएको मुद्दा उठाएर सदन अवरुद्ध गरिरहेको समयमा उनीहरु बिरुद्ध नै यहाँ प्रदर्शन हुनुलाई नेपाली कांग्रेस निकट युवाले त्यसमा नेतृत्व गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति