हावाहुरीले उदयपुरमा करोडौँको क्षति‚ चट्याङले एकजनाको मृत्यु

गाईघाट । आज विहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ।

EPIC EPIC

हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन चापागाईंले जानकारी दिए।

हावाहुरीका कारण विभिन्न स्थानमा सडकछेउका रुख ढल्दा ६८ वटा विद्युतका खम्बा भाँचिएका छन्। विद्युतका खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।

त्रियुगा नगरपालिका-९ राजाबाससहित गैरुन क्षेत्रमा विद्युतका खम्बा ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीले बताए।

खम्बा भाँचिँदा १ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान विद्युत प्राधिकरणको छ। विद्युत् पुनः सञ्चालनमा आउन तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ।

हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरका टिनको छानो उडाएको प्रहरीले जनाएको छ। क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found