नेपाल जेसीज क्षेत्र “क” अध्यक्ष सम्मेलन झापाको बुद्धशान्तिमा हुँदै

बुधबारे । नेपाल जेसीजको क्षेत्र “क” अध्यक्ष सम्मेलन २०२४ झापाको बुद्धशान्तिमा आयोजना हुने भएको छ ।

नेपाल जेसीजको आयोजना र बुधबारे जेसीजको आतिथ्यमा जेठ १२ गते सम्मेलन हुन लागेको बुधबारे जेसीजले आज एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

एक दिवसिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको सम्मेलन निर्देशक तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष नन्द कुमार याफु राईले बताएका छन् ।

सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लगायत अन्य राष्ट्रिय पदाधिकारीहरु, क्षेत्र ‘क’ अन्तर्गतका ४३ शाखा अध्यक्ष तथा जसीज सदस्यहरु गरी १५० बढीको सहभागीता रहने राईले बताए ।

बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेका अनुसार सम्मेलनमा क्षेत्र ‘क’ अन्तर्गतका शाखा अध्यक्षहरुको बैठक, क्षमता विकासका तालिम, स्थानीय पर्यटकिय क्षेत्रको भ्रमण, स्थानीय उत्पादन प्रर्वधन, स्थानीय मैलिक सामाग्रीहरुको पर्दशनी, सास्कृतिक झाँकी लगायत विभिन्न रचनात्मक क्रियाकलापहरु संचालन हुनेछन् ।

सम्मेलन आयोजनाका लागि कुल अनुमानित लागत चार लाख ३५ हजार रहेको छ । स्थानीय गाउँपालिका, विभिन्न व्यवसायिक प्रतिष्ठानहरुसँगको साझेदारी, जेसीज सदस्यहरुको सहयोग तथा सहभागीहरुको दर्ता शुल्क बापतको रकमबाट सम्मेलन संचालन गरिने सम्मेलनका कोषाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष हेमन्त बरालले बताए ।

सम्मेलनमा सहभागी हुन शाखा अध्यक्षको एक हजार ३ सय र अन्य पदाधिकारी तथा सदस्यहरुको लागि एक हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको बरालले बताए ।

बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह राजपुुत देवले सम्मेलनले १८ वर्षदेखि ४० वर्षमुनिका युवालाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने बताए ।

बुधबारे जेसीज स्थापना भएको १२ वर्षमा पहिलो पटक राष्ट्रिय स्तरको सम्मेलनको आतिथ्य गर्ने अवसर पाएकोमा यो सम्मेलन बुधबारे जेसीज तथा सम्रग बुद्धशान्ति कै गौरबको कार्यक्रम रहेको सिंहले बताए । उनले यस क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रर्वधनमा सम्मेलनले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले संचालन गरेको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष क्लबका अध्यक्ष प्रकाश भण्डारी तथा निवर्तमान अध्यक्ष अर्जुन ढकालले सम्मेलमा क्षेत्र “क” अन्तर्गतका सम्पूर्ण शाखा अध्यक्ष तथा पदाधिकारीहरुलाई सहभागी हुन अनुरोध सहित मन्तव्य राखेका थिए । नेपाल जेसीजले प्रत्येक वर्ष यस्ता खाले सम्मेलनको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति