काठमाडौंको थलीमा शंकास्पद अवस्थामा एक जना पुरुषको शव फेला

nepalish-add

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा शंकास्पद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

शव बिहान साढे पाँच बजे फेला परेको थली प्रहरीले जानकारी दिएको छ।

‘हामीलाई बिहान साढे पाँच बजे खबर आयो। शव थलीको उकालामा फेला परेको हो। शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ, हामी पहिचानको कोसिस गरिरहेका छौं,’ प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार कालो कपडाले शवको अनुहार ढाकिएको छ। घटना स्थलमा दुईवटा ब्लेड फेला परेका छन्।

‘हामीले फेला पर्दा ब्लिडिङ भइरहेको थियो। अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ। मृतक ३५ देखि ४५ वर्ष उमेरको अन्दाज गरेका छौं,’ प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found