बुधबारे। मेची राजमार्ग अन्तर्गत बुद्धशान्ति-४ बर्ने चिया बगानमा डकमक्क फुलेका गुलमोहरका रुखहरु यतिबेला भाइरल रुखको नामले सामाजिक सञ्जालमा चर्चित छ । चर्चासँगै यहाँ फोटो खिच्न, टकटक तथा रिल बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने क्रम पनि बढ्दो छ ।
पर्यटकहरुको आगमनसँगै फोहोरमैलाको समस्या बढ्दो छ र यसको व्यवस्थापन चुनाैति बनिरहेको छ । यहि समस्या समाधानका लागि केहि सहयोग पुर्याउने उद्देश्यले बुधबारे जेसीजले पाँच थान डस्टविन हस्तान्तरण गरेको छ ।
लियो इन्टरनेसनल म्यानपावर बिर्तामोड र Go69 पिज्जा घर बिर्तामोडको सहयोगमा सोमबार एक कार्यक्रम बीच बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह राजपुत देव र लियो इन्टरनेसनल म्यानपावर बिर्तामोड र Go69 पिज्जा घरका संचालक सृष्टिना क्षेत्रीले संयुक्त रुपमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडाध्यक्ष शेरबहादुर रायलाई हस्तान्तरण गरेका थिए ।
बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले संचालन गरेको कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरु हेमन्त बराल र नन्द कुमार याफु राई लगायत जेसीज सदस्यहरुको उपस्थिति रहेको थियो।