बुधबारे । झापा बुद्धशान्ति स्थित बालबाटिका मन्टेसरी प्रि स्कुलले बिहिबार २५८६ औं बुद्ध जयन्तीको अवसर पारेर १० औं वार्षिकोत्सव कार्यक्रमको सम्पन्न गरेको छ।

विद्यालयका संरक्षक केदार कोइरालाको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका सामाजिक व्यक्तित्वहरूको आतिथ्य रहेको थियो ।
कार्यक्रममा बालबाटिकामा अध्ययनरत ससाना बालबालिकाहरूले गीत, नृत्य, राइम्स लगायतका सुन्दर प्रस्तुति दिएका थिए।

प्री स्कुलको शिक्षण पद्धतिलाई सामुदायिक विद्यालयहरूले पनि अपनाउनु पर्ने र एक अर्का बिचको कमि कमजोरीलाई केलाउन प्रि स्कुलहरू बिच स्वास्थ्य प्रतिस्पर्धा हुन आवश्यक रहेको भन्दै प्रमुख अतिथि अनिल वाग्लेले बालबाटिका मन्टेसोरीको कार्यक्रमलाई प्रोत्साहन गरेका थिए ।
अभिभावकको तर्फबाट कृष्ण खतिवडाले मन्टेसोरी पद्धतिद्वारा शिक्षा प्रदान गरिएको बालबालिकाहरूको प्रस्तुतिले स्पष्ट झल्काएको बताए ।
कार्यक्रममा संचालक कृष्ण ढकालले स्वागत गर्दै साना बालबालिकाहरूलाई अध्यापन, अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन र क्षमता बिकाशका निमित्त कार्यक्रम सञ्चालन गरेको बताए ।
विद्यालयका संचालक नवीन कोइराला र शिक्षिका सिमरन राईले संचालन गरेको कार्यक्रममा २०० बढी अभिभावक तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बुद्धशान्ति १ स्थित बालबाटिका मन्टेसोरी प्रि स्कुल २०७२ सालबाट सञ्चालनमा आएको हो । बालबाटिका मन्टेसोरीमा हाल पिजी देखी कक्षा दुई सम्म अध्यापन गराइन्छ।