नेपाल जेसीज क्षेत्र “क” अध्यक्ष सम्मेलन, पाहुनालाई स्वागत गर्न तयार भयो बुद्धशान्ति

बुद्धशान्ति । बुधबारे जेसीजको अतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र “क” अन्तर्गतका शाखा अध्यक्ष सम्मेलन २०२४ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली शनिबार संचालन हुने एक दिवसिय सम्मेलनको उद्धाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोखरेलको समेत सहभागीता रहने बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह राजपुुतले बताए ।

बुधबारे जेसीजको स्थापना भएको १२ वर्षमा प्रथम पटक आयोजना हुन लागेको राष्ट्रिय स्तरको सम्मेलनलाई बुुधबारे जेसीजले बुद्धशान्तिको गोैरव तथा बुद्धशान्ति चिनाउने अभियानका रुपमा संचालन गर्ने जमर्को गरिएको अध्यक्ष सिंहले बताए ।

सम्मेलनमा नेपाल जेसीज क्षेत्र “क” अन्तर्गतका ४३ शाखाका करिब १५० जना बढीले सहभागिता रहनेछ । त्यसैगरि देशबाट नै नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरुको सहभागिता रहने अध्यक्ष सिंहले बताए ।

बुद्धशान्ति १ स्थित पिआर पार्टी प्यालेसमा संचालन हुने सम्मेलनमा भाग लिन आउने जेसीजकर्मीहरुलाई स्वागत गर्न सम्मेलन स्थल सरसफाई, तुल तथा व्यानरले सम्मेलन स्थल सजावट गरिएको छ । सम्मेलनमा भाग लिन आउने सहभागीहरको आवास व्यवस्थापन, कार्यक्रम स्थल व्यवस्थापन देखि अतिथिहरुको आमन्त्रण र प्रचार प्रसारका काम पूरा भएको सम्मेलन निर्देशक तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष नन्द कुमार याफु राईले बताए ।

सम्मेलनलाई सफल बनाउन आर्थिक संकलन, मायाको चिनो, सास्कृतिक झाँकी, स्थानीय पर्यटकिय क्षेत्रको भ्रमण, स्थाीय मैलिक सामाग्रीहरुको पर्दशनी लगायतका रचनात्मक क्रियाकलापहरु संचालन हुनेछन् ।

अतिथिहरुलाई बुद्धशान्तिको उत्पादन सुपाडी, चिया, स्थानीय उत्पादन मेची ब्राण्डका साबुन र सरफ मायाको चिनोको रुपमा प्रदान गरिने भएको छ । “हामीले सम्मेलनमा बुद्धशान्तिको पहिचान र चिनारी गराउने कोसीस गरेका छौं, देशभरबाट आउने अतिथिहरुलाई बुद्धशान्तिको पर्यटन र संस्कृतिको छाप दिन सक्यौं भने भोलीका दिनमा बुद्धशान्तिको पर्यटन प्रर्बधनमा टेवा प¥याउँछ भन्ने हाम्रो विश्वास हो”, -सम्मेलन कोषध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष हेमन्त बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति