झापा । हल्दिबारी गाउँपालिका वडा नं. ३ का नाम परिवर्तन abcd ले नाबालिका छोरीलाई पटक पटक करणी गरी गर्भवती बनाए पछि प्रहरीले पक्राउ गरेको छ ।
ती बालिका बिरामी भएर अस्पताल पुगेपछि उनी गर्भवती भएको खुलेको थियो भने आफ्नै बुवाबाट गर्भवती भएको बालिकाले बताए पछि उनका छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
स्थानिय एक विद्यालयमा अध्ययनरत ती बालिकालाई उनले लामो समय देखि योन सम्पर्क गरेको स्वीकार गरेको र उनलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ ।
यस सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको र कानुनी कार्यवाही अगाडी बढाएको जनाएको छ ।