बुधबारे। “समुदाय प्रतिको चासो” भन्ने सिद्धान्त अनुरुप बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. मार्फत छनौट भएका सामुदायिक विद्यालयमा अध्ययनरत ३ जना विपन्न/सिमान्तकृत र जेहेन्दार विद्यार्थीले छात्रवृत्तिमा निरन्तरता पाएका छन्।
छात्रवृत्ति पाउनेमा बुद्धआदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति १, बुधबारेमा कक्षा ४ मा अध्ययनरत लक्ष्मी कट्टेल, श्री शान्ति आदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति ६, शान्तिनगर कक्षा ६ मा अध्ययनरत सोनु साउदेन र श्री शिशु सुधार आधारभूत विद्यालय, बुद्धशान्ति ३, बुधबारे कक्षा ५ मा अध्ययनरत अभिशेक रसाइली रहेका छन् ।
उनीहरुले अघिल्लो शैक्षिक सत्रको बाँकी रकम र यस शैक्षिक सत्रको पहिलो किस्ता गरी जनही पन्ध्र हजार नगद पाएका छन् ।
झापाली समाज अमेरिका, झापा विकास मञ्च काठमाडौं, झापा जिल्ला सहकारी संघ लि. ले विभिन्न सहकारी संस्थासँगको सहकार्यमा प्रदान गदै आएको छ ।
यस शैक्षिक सत्रमा बुद्धशान्तिका ३ सहित झापा जिल्लाका ७९ विद्यार्थीले छात्रवृत्ति पाएका छन्।