प्रधानध्यापकले रक्ताम्मे हुने गरी विद्यार्थी कुटे

बिराटनगर । संखुवासभामा प्रधानध्यापकले आफ्नै विद्यार्थी कुटेको तथ्य सार्वजनिक भएको छ।

EPIC EPIC

संखुवासभाको धर्मदेबि नगरपालिका ६ मा बस्ने शिवराज निरौलालाई महेन्द्र ज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले मंगलबार कुटपिट गरेका हुन्। न्याय पाउ भन्दै विद्यार्थी निरौलाले निवेदन दिएपछि घटना बाहिर आएको हो।

1000022224

बिधार्थीले दिईएको निवेदनमा भनिएको छ ‘धर्मदेबि नगरपालिका ९ मा पर्ने महेन्द्र ज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीबाट रगत बग्ने गरी कुटपिट गरेका हुनाले म अन्यायमा परेको छु मलाई न्याय दिलाई दिनका लागि सो निवेदन पेश गर्दा छु।’निवेदनमा वडा नम्बर ६,९ र महेन्द्र ज्योति माध्यमिक बिद्यालयलाई बोदार्थ गरिएको छ।

वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीका अनुसार प्राथानाको बेलामा सबै बिधार्थीहरु लाइमा बस्दा रहेछन अन्य तीन जना विथार्थीहरु कक्षा कोठा भित्रै बसेको र प्रधानध्यापकले देखेपछि उनीहरु तीन जना मध्य एक जना लाइन बस्न गएको तथा बाँकी दुई जना भित्रै लुकेर बसेको र उनीहरुलाई पनि लिन जाँदा त्यो शिवराज भन्ने विद्यार्थीलाई गालामा कुट्न खोज्दा नाकको डाडीमा लगेर नाथ्री फुटेर रगत आएको बताए।

‘नाथ्री फुटेपछि उनी फटाफट आफ्नो घर तर्फ लागेका रहेछन,वडा अध्यक्ष अधिकारीले भने,’त्यो नाथ्री फुटेको रगत लगेर सबै कपडामा लागेको रहेछ,बुधबार सबै जनप्रतिनिधि सहितको छलफल पनि भयो अब देखि विथार्थीहरुलाई हातपात नगर्न भनेर हेडसरलाई पनि सचेत गराईयो।’

यस बिषयमा बिधार्थी कुट्ने प्रधानध्यापक खत्रीलाई सम्पर्क गर्दा त्यो भाईको नाथ्री फुटेको हो अनि उसले लगाएको सर्टले पुछेर रगत लागेको बेला कसै एक जनाले सामाजिक संजालमा हालिदिएको रहेछ कुरा यति मात्र हो।

त्यो विद्यार्थी अनुसासन हिन हो बुधबार हामी सबै बसेर छलफल गरिसकेको बताए। अन्य बिधार्थीहरुको तुलनामा उनी अलिक फरक खालका हुन् लागुऔषध पनि सेवन गर्ने गरेको कारणले सम्झाएको उनले बताए । बाहिर हल्ला गरिए जस्तो कुटेको होइन। राजधानी दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found