धनगढीको तापक्रम ४४ डिग्री नाघ्यो, विद्यालय एक हप्ता बिदा

धनगढी । सुदूरपश्चिमकाे राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ ।

माैसम तथा विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

कार्यालयका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरिएकाे रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड बिहीबार नै तोडिएको बताए ।

बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको माैसम तथा विज्ञान विभागले जनाएकाे छ ।

गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।

उपमहानगरपालिकाले भोलि, शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन् । खातीले गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई ख्याल गर्दै बिदा दिइएको बताएका छन् ।

धनगढीलगायत तराई क्षेत्रमा केही दिनयता गर्मी अत्यधिक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति