काँकडभिट्टाबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना २० जना घाइते

काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा बस नालीमा खस्दा २० जना घाइते भएका छन्।

EPIC EPIC

आज बिहान पौने ३ बजे काँकडभिट्टाबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको यात्रुबाहक बसको अगाडीको पट्टा भाचिन गई बस अनियन्त्रित भएर नालीमा खसेको मकवानपुर प्रहरीले जनाएको छ।

बस दुर्घटना हुँदा २० जना घाइते भएको प्रहरीको भनाइ छ। ति मध्ये ११ जनाको स्थानीय अस्पताल र ९ जनालाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found