दुर्घटनामा परि झापामा १ जनाको मृत्यु २ जना घाइते

झापा । झापाको मेचीनगर नगरपालिका–१२ कालिझोडास्थित सडकमा मे.१ ख ३२५१ नम्बरको बसले प्र.१.०१.०१४ प ८७८२ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० बस्ने ५२ वर्षीय नेत्र प्रसाद परियारको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

EPIC EPIC

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा मे.११ प २०२८ नम्बरको मोटरसाइकल र प्र.१.०१.०१४ प ८७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सडकमा लडेका नेत्र प्रसादलाई उक्त बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका मे.११ प २०२८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found