आज कोशी प्रदेशको नीति तथा कार्यक्रममा, कांग्रेस उपस्थित हुने

विराटनगर । कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिस्कार गरेको कांग्रेस आजदेखि उपस्थित हुने भएको छ ।

EPIC EPIC

आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । उक्त बैठकमा कांग्रेस सहभागी हुन भएको हो ।

‘माथिबाट पनि सहभागी हुनु भन्ने कुरा आएको छ, भोलि ११ बजे बस्ने दलको बैठकबाट निर्णय गरेर बैठकमा सहभागी हुन्छौं,’ कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले भने, ‘नीति तथा कार्यक्रममा उपस्थित हुने कुरा छ ।’

कांग्रेसले २७ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण मुद्दा किनारा नलागेसम्म बैठकमा उपस्थित नहुने बताउँदै आएको थियो ।

कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found