विपद पूर्वतयारीमा जुट्यो अरिदमन गण

विपद पूर्वतयारी

बिर्तामोड । झापाको चारआली स्थित नेपाली सेनाको अरिदमन गणले मनसुन–४ कार्यक्रम अन्तर्गत विषयगत प्रस्तुतीकरण तथा गोलबन्ध अभ्यास (टिटिएक्स) सञ्चालन गरेको छ ।

EPIC EPIC

मनसुनको सुरुवातसँगै झापामा हुने मनसुनजन्य विपद तथा जोखिमको प्रतिकार्यस्वरुप पूर्वतयारी र विपदको समयमा गर्नुपर्ने समन्वयात्मक कार्यमा सहज होस् भन्ने उद्देश्यका साथ आज अभ्यास सञ्चालन गरिएको मेजर अभिषेक बिष्टले जानकारी दिए ।

विपद पूर्वतयारी

कार्यक्रममा झापा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला लगायत झापाका सुरक्षा प्रमुख, जिल्ला रेडक्रस सोसाइटीका पदाधिकारी, विभिन्न पालिकाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले आरम्भ गरेको कार्यक्रममा जिल्ला प्रशासन, मेजर बिष्ट ,सुरक्षा निकाय लगायत सरोकारवाला संघसंस्थाहरुले विपद व्यवस्थापनको पूर्वतयारी, हालको अवस्था र क्षमताको सम्बन्धमा प्रस्तुतीकरण समेत दिएका थिए ।

विपद पूर्वतयारी

कार्यक्रममा आधारित रहेर भोलि जेठ २२ गते मेचीनगरस्थित निचाझोडा सिमसार क्षेत्रमा विपद् व्यवस्थापन सम्बन्धी बृहत डेमोस्ट्रेसन र वृक्षरोपण कार्यक्रम आयोजना गरिएको नेपाली सेना चारआली ब्यारेकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

ayush niroula image
आयुश निरौला

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found