काठ चोरीको आरोपमा कचनकवलको पाथीभरा सामुदायिक वनको अध्यक्षसहित ८ जना पक्राउ

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् ।

सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित आठ जना पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । डिभिजनले भने पक्राउ परेका व्यक्तिहरूको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ ।

वनमा केही रुख काटिएका ठुटाहरूको आधारमा र सामुदायिक वनका काठ पनि हराएकोले आरोपीहरू माथि २०८० चैत ४ मा वन पैदावार काटी हानी नोक्सानी गरेको तथा कोष हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको वनका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । मुद्दा दर्तापछि २०८१ जेठ १३ गतेका दिन सात जना र जेठ १८ गतेका दिन एक जनालाई पक्राउ गरिएको थियो । उनीहरू सबैलाई घरबाट पक्राउ गरी डिभिजन वनमा ल्याएको सूचना अधिकारी पुरीले बताए ।

उनीहरूमाथि अनुसन्धान सुरु भइसकेको छ । अहिले तीन वटा मात्र ठुटा भेटिएको र हिसाबमा पनि फरक देखिएपछि कति परिमाणको काठ बिक्री गरेको बारेमा अनुसन्धान प्रक्रियामै रहेको उनले बताइन् । यता डिभिजन वन प्रमुख मेघराज राईले मुद्दा दर्ता गराई अदालतमा म्याद थप भइसकेको र अनुसन्धानको प्रक्रियामा रहेकोले उनीहरूको नाम सार्वजनिक गर्न नमिल्ने बताए ।

पालिका सन्देशबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति