टी-२० विश्वकप : अफगानिस्तान १२५ रनले विजयी

आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले विजयी शुरूआत गरेको छ।

EPIC EPIC

मंगलबार बिहान भएको खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो। अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डा ५८ रनमै समेटिएको हो।

युगान्डाका लागि रोविनसन ओबुयाले १४ र रिजात अली शाहले ११ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका लागि फजलहक फारूकीले पाँच, नवीन उल हक र राशिद खानले दुई-दुई तथा मुजीब उर रहमानले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेटको क्षतिमा १८३ रन बनाएको थियो। अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले ७६, इब्रामी जड्रानले ७० र मोहम्मद नबीले १४ रन बनाए।

युगान्डाका लागि कसमस कियवूटा र ब्रायन मसाबाले दुई-दुई तथा अल्पेश रामजानीले एक विकेट लिए।

यसअघि गए राति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।

यो जितसँगै दक्षिण अफ्रिकाले दुई अंक जोडेको छ। यो समूहमा रहेको नेपालले आज राति ९ः१५ बजे नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found