फिफा विश्वकप छनोट: आज यूएईसँग भिड्दै नेपाल

फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । दुई देशबीचको खेल नेपाली समयानुसार बेलुका ९:४५ बजे साउदी अरबमा हुनेछ ।

घरेलु मैदानमा खेल्नु पर्ने खेल दशरथ रंगशाला खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भूमिका रूपमा साउदी अरबमा खेल्नु परेको हो । एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भनेपछि दुवै खेल साउदी अरबमा हुन लागेको हो ।

यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो।

नेपाल र यमन बीचको खेल पनि सोही स्टेडियममा हुँदैछ । समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । छनोटअन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ।

विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समूह चरणका चारै खेलमा हार भोगेको छ। नेपालले यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । बहराइसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो ।

नेपाली टोली:

गोलकिपर: किरन चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर: अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द

मिडफिल्डर: भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई

फरवार्ड: जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिक बाबु चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति