टी-२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुआत

टी-२० विश्वकप-२०२४ को आफ्नो पहिलो खेलमा जित हात पार्दै अष्ट्रेलियाले विजयी यात्रा सुरु गरेको छ ।

आज बिहान बारबाडोसको ब्रिजटाउन मैदान भएको खेलमा अष्ट्रेलियाले ३९ रनले ओमानलाई पराजित गरेको हो ।

१६५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १२५ रनमात्रै बनाएपछि अष्ट्रेलिया विजयी भयो ।

ओमानका आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८, शकील अहमदले ११ रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओपनर नचलेपछि ओमान सुरुमै दबाबमा परेको थियो । ओपनर कश्यप प्रजापति ७ र प्रतिक अथवाले शून्य रनमै आउट भए । अर्का ब्याटर शोयब खानले पनि खाता खोल्न सकेनन् भने जिसन मक्सुद एक रनमै आउट भए।

अष्ट्रेलियाका मार्कस स्टोनिसले तीन, मिचेल स्टार्क, नाथन एसिस र एडम जाम्पाले दुई/दुई विकेट लिए

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

खराब सुरुआत गरेपनि ओपनर डेभिड वार्नर र मार्कस स्टोनिसको अर्धशतक मद्दतमा अष्ट्रेलियाले ओमानलाई मध्यम लक्ष्य प्रस्तुत गर्‍यो ।

अष्ट्रेलियाका लागि स्टोनिसले आक्रामक खेल्दै ६ छक्का र दुई चौका मद्दतमा ६६ रनमा अविजित रहे ।  ओपनर वार्नरले एक छक्का र ६ चौका मद्दतमा ५६ रनमा आउट भए ।

अन्य ब्याटर मिचेल मर्सले १४, ट्रभिस हेठले १२ र टिम डेभिडले १० रन बनाए भने ग्लेन मेक्सवेल शून्य रनमै आउट भए ।

ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति