नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले जुन ८ मा अर्को कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)ले लोकसभा निर्वाचनमा २९३ सिट ल्याएको थियो । एनडीएले मोदीलाई गठबन्धनको नेता चयन गरिसकेको छ ।
शनिबारको शपथसँगै मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन् ।
शपथ ग्रहण समारोहलाई भव्य बनाउन विदेशी अतिथिहरूलाई पनि बोलाइने बताइएको छ ।
बङ्गलादेश, भुटान, श्रीलङ्का र मरिशस लगायत देशका शीर्ष नेता आउन सक्ने भन्दै अमर उजालाले समाचार छापेको छ ।
औपचारिक निम्तो भने बिहीबार पठाइने तयारी गरिएको छ । यसअघि विश्वभरका ७५ नेताले मोदीलाई बधाई दिएका थिए ।