पौडी खेल्ने क्रममा बालिकाको मृत्यु, २ जना घाईते

ईलाम। ईलामको चुलाचुली गाउँपालिका वडा नं ३ स्थित ऐना पोखरीमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ ।

EPIC EPIC

स्थानिय पर्यटकिय स्थलमा पौडी खेल्ने क्रममा चुलाचुली ४ निवासी १८ वर्षीय बिनिता जोगिको मृत्यु भएको हो भने संगै रहेको २ जना अस्पतालमा उपचाररत रहेका छन ।

मृतक जोगि सहित अन्य २ जना महिला पौडि खेलिसकेर फर्कने क्रममा करिब दिउँसो १२ बजे जोगिको खुट्टा चिप्लिएर पोखरिमा पसेकि थिइन । साथमा रहेका साथीहरुले उनलाई निकाल्न समेत प्रयास गरेका थिए ।

मृतकलाई पोखरीको पानी सुकाएर बाहिर निकालिएको हो।

मान बहादुर जोगी र निर्मला जोगीकि छोरी बिनिता हालसालै स्थानिय बालज्योती मा.बि. बाट ११ को परीक्षा दिएर बसेकी थिइन । आमा निर्मला बिदेश रहेको कारण उनी बुबा र दाजुको साथमा रहेकी थिइन ।

ईलाका प्रहरी कार्यालय दमकको एक टोलिले लासलाई पोस्टमार्टमको लागि दमक लैजाने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found