दमक । झापाको दमकबाट लागुऔषध ब्राउनसुगर र नदगसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका–४ की ४८ वर्षीया गायत्रा गौतमलाई ९ ग्राम ५३० मिलिग्राम ब्राउनसुग र ३ लाख ३६ हजार ४०० सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गौमतले लागुऔषध बिक्री–वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको शरीर तथा घर कोठाहरु खानतलासी गर्दा उनले बट्टाभित्र लुकाई राखेको प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ९ ग्राम ५३० मिलिग्राम र उनी सुत्ने बेडको सिरानी मुनी राखेको विभिन्न दरका ३ लाख ३६ हजार ४०० र आइटेल कम्पनीको मोबाइल एक थान फेला परेको हो । गौतमलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।