बसको ठक्करबाट अटोमा सवार पाँचजना घाइते, ३ जनाको अवस्था गम्भीर

दाङमा बसले अटोलाई ठक्कर दिँदा त्यसमा सवार पाँच जना घाइते भएका छन्।

शनिबार अपराह्न पौने ४ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको हो।

बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

गम्भीर घाइते‍हरू दुई वर्षका, ८ वर्षका र १२ वर्षका बालक रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल पठाइएको छ।

घाइतेहरुको परिचय खुल्न बाँकी रहेको प्रहरी निरीक्षक थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति