टी-२० विश्वकपः अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हरायो

आइसिसी टी-२० विश्वकपमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई  पराजित गरेको छ।

केनसिंग्टन ओभल ब्रिजटाउनमा गएराति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो।

अष्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ६ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो।

इंग्ल्याण्डका लागि ओपनर तथा कप्तान जोस बट्लरले सर्वाधिक ४२ रन बनाए। उनले २८ बलमा ५ चौका र २ छक्का हाने।

अर्का ओपनर फिल सल्टले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३७ रन बनाए।

मोइन अलीले १५ बलमा ३ छक्का प्रहार गरी २५ रन जोडे।

लियम लिभिंस्टोनले १५ र विल ज्याक्सले १० रनको योगदान गरे।

१६ बलमा २ चौका प्रहार गरी २० रन जोडेर ह्यारी ब्रुक नट आउट रहे।

बलिङतर्फ प्याट कमिन्स र एडमा जाम्पाले २/२ तथा जोस हेजलहुड र मार्कस स्टोइनिसले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ७ विकेट गुमाएर २०१ रन बनाएको थियो।

त्यस क्रममा ओपनर डेविड वार्नरले सर्वाधिक ३९ रन बनाए। उनले १६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर ट्राविस हेडले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३४ रन बनाए।

ग्लेन म्याक्सवेलले २५ बलमा २ चौका र २ छक्का प्रहार गरी २८ रन जोडे।

मार्कस स्टोइनिसले १७ बलमा २ चौका र २ छक्का प्रहार गरी ३० रनको योगदान गरे। ११ रन बनाएर टिम डेभिड आउट हुँदा म्याथ्यु वाडे १७ रन जोड्दै नट आउट रहे।

बलिङतर्फ क्रिस जोर्डनले २ तथा मोइन अली, जोफ्रा आर्चर, अदिल रसिद र लियम लिभिङस्टोनले १/१ विकेट लिए।

समूह बी मा रहेको अष्ट्रेलिया दुई खेलमा दुवै खेल जितेर शीर्ष स्थानमा छ।

स्कटल्याण्ड् दोस्रो, नामिबिया तेस्रो, इंग्ल्याण्ड चौथो र ओमान पुछारमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति