बुधबारे । बुद्धशान्ति उद्योग बाणिज्य संघको आज सम्पन्न निर्वाचनमा संयुक्त व्यवसायिक प्यानल नै विजयी भएका छन् ।
४ जना कार्यसमिति खुल्ला सदस्यका लागि भएको निर्वाचनमा रामलाल कोइराला, मदन कुमार भट्टराई, चन्द्र कुमार कटुवाल र श्रीलाल रसाइली विजयी भएका छन् ।

रामलाल कोइरालाले ३१३ मत, मदन कुमार भट्टराईले २९४ मत, चन्द्र कुमार कटुवाल २८५ मत, श्रीलाल रसाइली २६४ मत प्राप्त गर्दै विजयी भने अर्का उम्मेद्वार मनोरथ तिवारीले १७९ मत मात्र प्राप्त गरि पराजित भएका छन् ।
कुल ४८४ मत रहेको बुद्धशान्ति उद्योग बाणिज्यको निर्वाचनमा जम्मा ४०९ मत खसेको थियो भने ६ मत बदर भएको थियो ।
यस अघि अध्यक्षमा दिपक सापकोटा, उध्योग उपाध्यक्षमा दुर्गा कुइकेल, वाणिज्य उपाध्यक्षमा उमाराज ढकाल, महासचिव लक्ष्मी प्रसाद उप्रेती, उध्योग सचिव हेमन्तराज बराल, वाणिज्य सचिव ज्ञानु थापा, कोषाध्यक्ष ओम प्रकाश बास्तोला, महिला सदस्य ललिता गौतम र टिकादेवि चौलागाई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक डिल्लीराम तिम्सिनाले बताए।