बिर्तामोड। झापाको बिर्तामोडमा एक ज्येष्ठ नागरिकलाई छुरा प्रहार गरी घाइते बनाएर फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ का बरुण धिमाल रहेका छन् । धिमालले गत जेठ ६ गते बिर्तामोड–३ स्थित विनिता ढकालको घरमा डेरा गरी बस्दै आएका सुनसरी इटहरीका ७०वर्षीय काशिनाथ गौतमलाई पेट, र शरीरको विभिन्न भागमा तरकारी काट्ने चक्कुले प्रहार गरेर घाइते बनाएका थिए । धिमाल समेत सोही घरमा डेरा गरी बस्दै आएका थिए ।
उक्त घटना गरीफरार भएका धिमाललाई खोजतलाश गर्ने क्रममा आइतबार बुद्धशान्ति–३ पुल चौकबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनी झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।