सामुदायिक वनको अवस्था र समस्या विषयक अन्तरक्रिया सम्पन्न

शान्तिनगर । चुल्ठे शान्तिनगर सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ती ५, ६ रोङ ५ इलामका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी तथा सामाजिक संघसंस्थाका पदाधिकारी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वन समितिका अध्यक्ष प्रदिप खतिवडाको अध्यक्षतामा शनिवार उक्त कार्यक्रम सम्पन्न भएको सचिव चुडमणी न्यौपानेले बताए ।  

सामुदायिक वनका पदाधिकारी जनप्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सामुदायिक वनको अवस्था र समस्या लगायतको विषयमा छलफल भएको थियो ।

यस्तै सङ्घीय संरचना अनुसार सामुदायिक वन सम्बन्धी नीति नियम लगायतको विषयमा सव डिभिजन वन कार्यालय रोङका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिती हरी योङ्हाङ् लिम्बुले प्रस्ट पारेका थिए ।

कार्यक्रमका विशेष अथिती बुद्धशान्ती ५ का वडाध्यक्ष डेगेन्द्र कार्कीले सामुदायिक वनको विकासको लागि सदैव सहयोग गर्ने बताउदै सामुदायिक वनले संस्थागत विकास, आयआर्जन र वन ब्यवस्थापनमा काम गर्नु पर्नेमा जोड दिए ।

त्यसैगरी विशेष अतिथी रोङ ५ का वडाध्यक्ष दल बहादुर पुलामिले स्थानिय तहबाट वनको बिकास र प्रर्वद्धन गर्न गाउँपालिकाले सहयोग गर्ने उद्घोस गरे ।

ज्यामीरे भञ्याङ् सामुदायीक वन समुहका अध्यक्ष खेम कुईकेलले सामुदायी वनको संरक्षण गर्न उपभोक्ता, स्थानिय तह सबै लागि पनुपर्नेमा जोड दिएका थिए।

अन्तरकृया कार्यक्रममा धारण राख्दै गिता प्रसाद अधिकारीले सामुदायिक वन धरासायी हुन नदिन राज्यको निती गलत छ भने सच्याउन सबै लागि पर्नुपर्ने वताउँदै सामुदायिक वनमा उपभोत्ताको चासो घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।

त्यस्तै भरत खतिवडाले वनलाई पर्यटनसँग जोड्नुपर्ने औल्याउँदै उपभोक्तामैत्रि सामुदायिक वन बन्नुपर्नेमा जोड दिएका थिए । आनन्द कोइरालाले सामुदायिक वनलाई क्ष्यती नहुनेगरी सबै क्षेत्रका विज्ञहरुको टोली बनाई महान्द डाँडासम्म पैदलमार्ग बनाउनमा जोड दिए । गंगाराम राईले वनका रुखहरुमा मरिचलगायतका  बिरुवाहरु लगाउन सके राम्रो आम्दानीको स्रोत हुने धारण राखेका थिए ।

चुल्ठे सामुदायीक वनका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रदिप देव खतिवडा(सुजन)ले आगामि दिनमा कसरी अगाडि बढ्ने ?, कमेरे माउन्टेनको विकास र प्रवर्धन, विधान तथा कार्ययोजना नवीकरण गर्दा परेका कठिनाईहरु, समय समयमा परिवर्तन भैरहने वन ऐन तथा निमयावली, समूहमा आईपरेका आर्थिक कठिनाईहरु लगायतका विषयहरुमा जानकारी गराए ।

उपाध्यक्ष पबित्रा ढकालले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन समितीका सचिव चुडामणी न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

ayush niroula image
आयुश निरौला