पूर्णिमाको रात
चन्द्रमाका चम्कीला किरण
निश्चल नदीको बहाव
चन्द्र किरणको न्यानो स्पर्श ;
टलक्क टल्कियो,
नदी भित्रै चन्द्रमा लुके झैँ
बग्दै गरेको पानीमा मोतिका दाना बहे झैँ
अहो! बडो मनमोहक दृश्य;
मन अनायसै भौतारीरहँदा
नयनले भने सन्तुष्टिको चित्र कोरेछ ।।