अत्यधिक गर्मीले दाङमा विद्यार्थी बेहोस

दाङ । अत्यधिक गर्मीको कारण दाङको तुलसीपुरमा रहेको एक विद्यालयका विद्यार्थीहरू बेहोस भएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीले बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए।

बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए। गर्मीका कारण दिनहुँजसो विद्यार्थी बेहोस हुँदै आएकाले केही दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति