झापाको मागुरमाडी वनमा १५ वर्षीया किशोरीमाथि करणी, युवा पक्राउ

मेचीनगर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना किशोर पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

राजवंशीले ती किशोरीलाई सोही नगरपालिका(९ मागुरमाडी सामुदायिक वनमा आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति