बुद्धशान्ति गाउँपालिकाको नीति तथा कार्यक्रमः दूध र मासुमा पूर्ण आत्मनिर्भर बनाउने

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकालाई आगामी आर्थिक वर्ष भित्रमा दूध र मासुमा पुर्ण आत्मनिर्भर बनाइने भएको छ । बुधबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपलिका अध्यक्ष मनोज प्रसाईले यस्तो घोषणा गरेका हुन ।

EPIC EPIC

गाउँपालिकाको १४ औं गाउँसभा अधिवेशन बुधबारबाट सुरु भएको हो  । गाउँपालिका अध्यक्ष मनोज प्रसाईको अध्यक्षतामा बसेको गाउँसभामा प्रसाईले पेश गरेको आ.ब. २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, बजेटका सिद्धान्त र उद्देश्य, दिगो विकासका लक्ष्य तथा रणनीतिलाई आत्मसात गर्दै, गाउँपालिका अध्यक्ष प्रसाईले ३७ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। यस कार्यक्रमले गाउँपालिकाका नागरिकहरुको आवश्यकताहरुलाई ध्यानमा राखी विभिन्न क्षेत्रहरुमा विकासका योजनाहरु समेटेको छ।

448707002 446086238180377 1024526806574172128 n

प्रत्येक वडामा कम्तीमा एक नमूना कृषि क्षेत्र विकास गर्ने योजना प्रस्तुत गरिएको छ। बाँझो जमिनको प्रयोग गरेर फलफुल तथा जडीबुटी खेती गरिने भएको  छ।

यसै गरी, माध्यमिक विद्यालयहरुमा कृषि विज्ञ तथा प्राविधिकहरुको सहयोगमा कृषि शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । कृषकका घरघरमै निशुल्क पशु चिकित्सक सेवा उपलब्ध गराउने, जसले पशुपक्षीमा लाग्ने रोगहरुको निदान र उपचारलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्वासीको नापनक्सा भइ निस्सा प्राप्त गरेका ६२०० कित्ता जग्गाको जग्गाधनी दर्ता प्रमाण पत्र प्रदान गरिने कार्य अगाडी बढाइने भएको छ । त्यस्तै स्थानीय बाटोहरुको लगत कट्टा गर्ने कार्यको थालनी गरिने भएको छ ।

सहकारी संस्थाहरुको आर्थिक पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न गाउँपालिकामा सुचिकृत दर्तावाला लेखापरिक्षक मार्फत मात्र लेखापरिक्षण गर्नेभएको छ ।

यसै गरि उद्यम विकासका स्थानीय आर्थिक विकास संवाद समिति गठन गरि उद्यम व्यवसायको विकास तथा प्रवर्धन गर्ने जसले स्थानीयस्तरमा रोजगारीका अवसरहरु सिर्जना लक्ष्य लिइएको छ।

गाउँपालिका क्षेत्रका पर्यटकिय क्षेत्रको विकास तथा प्रचारप्रसार गरिनेछ, जसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ।

शिक्षा क्षेत्रमा, ६ वटा बालविकास केन्द्रहरुलाई नमूना स्मार्ट बालविकास केन्द्रका रुपमा विकास गर्ने, १५ जना भन्दा कम बालबालिका रहेका बालविकास केन्द्रहरुलाई विद्यालयमा गाभिनेछ ।

३०० जना विपन्न विद्यार्थीहरुलाई निशुल्क स्कुल ब्याज र पोसाक उपलब्ध गराउने र संस्थागत विद्यालयमा अध्ययनरत छात्राहरुलाई विद्यालयसँगको साझेदारीमा निशुल्करुपमा सेनेटरी प्याड उलपब्ध गराउने योजना अघि सारेको छ ।

स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन स्वास्थ्य संस्थाहरुलाई नियमन गर्न कानुन निर्माण गरि कार्यान्वयनमा ल्याइनेछ । गाउँपालिका मातहतका स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परिक्षण गराएका सुत्केरी महिलाहरुलाई झापा जिल्ला भरिका अस्पताल जान एकतर्फी एम्बुलेन्स भाडा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने भएको छ । त्यस्तै ५ वर्ष मुनीका बालबालिकाको मुटुको शल्यक्रिया गर्नुपरेमा विशेष सहायता प्रदान गरिने भएको छ।

बुद्धशान्ति गाउँपालिकालाई क्षयरोग मुक्त गाउँपालिका घोषणा गरिनेछ । नेपाल रेडक्रस सोसाइटी झापासँगको सहकार्यमा बुद्धशान्तिबासीलाई झापा जिल्ला भरि निशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने भएको छ । ।

भगिरथा बुद्धशान्ति अस्पतालबाट विशेषज्ञ जनशक्ति सहित चौविसै घण्टा आकस्मिक सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

बुद्धशान्ति गाउँपालिकालाई बाल श्रम मुक्त गाउँपालिका बनाउने योजना योजना अघि सारेको छ ।

१५ किलोमिटर सडक कालोपत्रे गर्ने, गाउँपालिका केन्द्र देखि सबै वडा कार्यलय सम्म जाने सडक कालोपत्रे गर्ने र एक वडा एक गौरवको योजना संचालन गरिने भएको छ।

बसपार्क निर्माण कार्यलाई तिव्रता दिदैँ निर्माण क्षेत्रमा तटवन्धन गर्ने कार्यलाई तिब्रता दिइने छ । त्यस्तै एकलाख रुपैयाँ भन्दा कम लागतका योजना छनौटलाई निरुत्साहन गरिने छ ।

वन संरक्षाण, पर्यावरण सुधार तथा हात्ती तथा बादरको प्रकोप न्यूनिकरण गर्नका लागि वन्यजन्तुलाई वनमै आहार कार्यक्रम संचालन गरिने भएको छ। त्यस्तै स्थानीय वन ऐन निर्माण गरि कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ ।

आगामी आ.ब.लाई कर सहभागिता वर्ष घोषणा गरिएको छ । अनलाईनमार्फत नै राजश्व भुक्तानी गर्न सकिने प्रविधीको विकास गरिने भएको छ ।

गाउँपालिका भित्रका सबै प्रकारका सूचना र तथ्याङ्क डिजिटाइज गर्ने योजना अगाडी सारिएको छ ।

जनप्रतिनिधी तथा कर्मचारीलाई दुर्घटना बिमाको व्यवस्था गर्ने योजना समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

suraj-dangal
सुरज दंगाल