तेस्रो आदर्श च्यालेन्ज कपको आय व्यय सार्वजनिक, ५ लाख बचत

बुधबारे । आदर्श युवा क्लबले आयोजना गरेको तेस्रो आदर्श च्यालेञ्ज कप नक आउट फुटबल प्रतियोगिताको आय व्याय सार्वजनिक गरेको छ ।

क्लबले बिहीबार बुद्वशान्तिमा पत्रकार सम्मेलन गरेर आम्दानी खर्च सार्वजनिक गरेको हो ।
क्लबले बैशाख १५ गतेदेखि २२ गतेसम्म प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा भारतका दुईसहित आठवटा टिमले सहभागिता जनाएका थिए ।

दाहालले प्रतियोगितामा सहयोग गर्ने स्थानीय तह, दाताहरुलाई धन्यवाद दिएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैया खर्च हुने अनुमान रहेको भएपनि मैदान व्यवस्थापन तथा आयोजक टिमको व्यवस्थापनमा अपेक्षा भन्दा धेरै खर्च भएको उनले बताए । आगामी दिनमा अझ भब्य ढंगले अर्को संस्करण आयोजना गर्ने उनले बताए ।

प्रतियोगितामा ३० लाख ५२ हजार ७८८ रुपैया आम्दानी तथा २५ लाख ३० हजार ८६६ रुपैया खर्च भएको खेल आयोजक समितिका संयोजक मनेस दाहालले जानकारी दिए । उनले ५ लाख २१ हजार ९२२ रुपैया बचत भएको जानकारी दिए ।

क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले क्लबका सम्पुर्ण पदाधिकारी तथा सदस्यको लगाबका कारण प्रतियोगिता उत्कृष्ट भएको बताए । उनले बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने बताए । उनले फुटबल तालिम केन्द्र सञ्चालन गरिरहेको जानकारी दिदै भविष्यमा यहाबाट उत्पादन भएका खेलाडीले नेपालको प्रतिनिधित्व गर्दे अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउने बिश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति