दमक । झापाकाे दमकमा रतुवा खाेलाले बगाएर ल्याएकाे अवस्थामा एउटा शव फेला परेकाे छ ।
दमक- १ हवल्दार चाेक बस्ने ५३ बर्षका माेहन रामदामलाई खाेलाले बगाउँदा मृत्यु भएकाे हाे ।
दमक-७ काे हाटखाेलाबाट खाेला तर्ने क्रममा रामदामलाई रतुवा खाेलाले बगाएकाे थियाे ।
उनलाई खाेलाले बगाउँदै गर्दा स्थानीयले उद्दार गरेका थिए । तर साे समयमा उनकाे मृत्यु भइसकेकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।
रामदामकाे शवलाई कानुनी प्रक्रिया पुरा गरी पाेष्टमार्टमका लागि अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ