९३ प्रतिशत गाउँपालिकाले ल्याए बजेट

काठमाडौं । सोमबारसम्म ९३ प्रतिशत गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघका अनुसार सोमबारसम्म ४६० मध्ये ४२९ गाउँपालिकाले बजेट प्रस्तुत गरेका हुन् ।

संविधानअनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यहीअनुसार ४६० वटा गाउँपालिकाले आजसम्म नीति तथा कार्यक्रम र बजेट गाउँ सभामा पेस गरेका छन् ।

बाँकी ३० वटा गाउँपालिकामा गाउँ सभाको अधिवेशन सुरु हुन नसकेको र एउटा गाउँपालिकासँग सम्पर्क हुन नसकेको महासंघले जनाएको छ ।

gaupalika
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति