एसईईको नतिजा : झापाबाट ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण

झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी मध्ये झापाबाट ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी विद्यार्थी मध्ये ७ हजार ३ सय २५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । यो वर्ष (एसईई) परीक्षामा झापाबाट कुल १५ हजार ४ सय ६२ जना परीक्षर्थी सहभागी थिए । जसमध्ये ८ हजार १ सय ३७ जना विद्यार्थी नन ग्रेडिङ (असफल) मा परेका छन् ।

दुई विषयमा अनुत्तीर्ण परीक्षार्थी समेत नन ग्रेडिङमा गणना गर्दा ८ हजार १३७ जना असफल भएका हुन् । तीमध्ये दुई विषयमा फेल भएका उनीहरुले साउन १८ र १९ गते मौका परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।

झापामा ३.४ देखि ४ जिपिएसम्म ल्याउने ७४७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने २ हजार ४५८ जना, २.८० देखि ३.२० सम्म ल्याउने २ हजार ९७२ जना, २.४० देखि २.८० सम्म ल्याउने १ हजार १०३ जना र २.० देखि २.४० सम्म ल्याउने ४५ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति