मानसिक स्वास्थ्य के हो?
मानसिक असन्तुलन के कारणले उत्पन्न हुन्छ?
मानसिक स्वास्थ्य रहन के गर्नपर्छ ?
मानसिक स्वास्थको सन्दर्भमा व्यक्ति विशेष छुट्टा छुट्टै किसिमका धारणाहरु पाउने गर्दैछौ।
कतिपयको अवधारणा अनुसार मानसिक स्वास्थ्य भन्नाले मानसिक रूपमा मात्र स्वास्थ्य हुनु हो भन्ने विचारहरु अधिक्तम पाए।
मानसिक स्वास्थ नै हाम्रो जिवनयापनको मार्गदर्शन हो, किनकि जब मानिस मानसिक रूपमा तन्दुरुस्त हुन्छ, तब मात्र जिवनलाई सही दिशामा केन्द्रित गर्न सक्छ ।
मानसिक स्वास्थ अबोध बाल्यकाल, किशोरावस्था देखि वयस्क सम्म जिवनको हरेक चरणमा महत्त्वपूर्ण छ । त्यसैले मानसिक स्वास्थ्य भन्नु नै मानसिक रुपमा मात्र स्वास्थ नभएर शारीरिक , आर्थिक रूपमा सबल हुनु नै मानसिक स्वास्थ्य हो।
मानसिक स्वास्थले हामीले सोच्ने, महसुस गर्ने र कार्य गर्ने तरीकालाई असर गर्दछ । यस्ले हामीले कसरी तनाव व्यावसथापन गर्दछौ, अरु सँग कसरी सम्बन्ध राख्दछौ, सही समयमा सही निर्णय गर्न सक्छौ कि सक्दैनौं भन्ने निरधारण गर्दछ।
मानसिक सन्तुलन कायम राख्दा राख्दै पनि कहिलेकाहीँ हामीलाई मानसिक अवस्था उचित नभएको महशुस हुन सक्छ । अहिलेको समयमा मानसिक समस्याहरु दिनप्रति दिन बढ्ने क्रममा रहेका छन्। यस्तो सम्स्या उत्पन्न हुनुका मुख्य कारणहरु निम्नबमोजिम रहेका छन्।
- वंशानुगत गुण: परिवारमा मानसिक स्वास्थ्य समस्याहरू भएमा आगामी पुस्तामा पनि यसको प्रभाव देखिन सक्छ।
- अधिक तनाव लिने प्रवृत्ति: दैनिक जीवनमा अत्यधिक तनाव लिने बानीले मानसिक सन्तुलन गुम्न सक्छ।
- एक्लोपन महसुस: समाजबाट अलग रहनु वा एक्लोपनको भावना मानसिक असन्तुलनको कारण बन्न सक्छ।
- असन्तुलित खानपान: स्वस्थ आहारको अभावले मानसिक स्वास्थ्यमा प्रतिकूल असर पुर्याउन सक्छ।
- अत्याधिक कार्यभार: कार्यस्थलमा अत्यधिक कार्यभार र दबाबले मानसिक तनाव बढाउन सक्छ।
माथी उल्लेखित कारणका अलवा अन्य थुप्रै सामाजिक, आर्थिक र मनोबैज्ञानिक कारणले गर्दा व्यक्तिमा मानसिक सन्तुलन गुम्ने गर्दछ, अतः मानसिक सन्तुलनलाई सदैब यथावत कायम राख्नको निम्ति निम्न बमोजिमका उपायहरु अपनाउन सके उपयुक्त हुन्छ ।
- दैनिक शारीरिक व्यायाम: शारीरिक गतिविधिले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
- सन्तुलित खाना: पोषणयुक्त आहारले मानसिक अवस्था सुधार गर्न मद्दत गर्छ।
- लचिलो कार्यतालिका: कार्यस्थलमा लचिलो समयतालिका अपनाएर अत्यधिक दबाबबाट बच्न सकिन्छ।
- समय समयमा आराम: कामको बीचमा नियमित आरामले दिमागलाई ताजगी दिन्छ।
- भावनाहरू प्रकट गर्नुहोस्: आफ्ना भावनाहरू आत्मिय मित्रसँग बाँड्नु लाभदायक हुन्छ।
- नयाँ सिपहरू सिक्नुहोस्: नयाँ सीप सिकेर आत्मविश्वास बढाउनुहोस्।
- नयाँ ठाउँहरूको अवलोकन गर्नुहोस्: नयाँ ठाउँहरूको भ्रमणले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
- आत्मविश्वास र आत्मसम्मान जागृति गर्नुहोस्: उच्च आत्मविश्वासले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
यिनै समग्र उपायहरु अनुसरण गरि अघि बढ्न सकेमा हामीले कहिल्यै पनि मानसिक रोगबाट ग्रसित हुनु पर्दैन।
समग्रमा मानसिक स्वास्थ भन्नू नै मानिसको भावनात्मक, मनोबैज्ञानिक र सामाजिक कल्याण हो ।