मोरङमा छोराबुहारीले जंगलमा छाडिदिएका बृद्धको चार दिनपछि उद्धार

विराटनगर। मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर छाडिदिएका एक वृद्धलाई वनकर्मीले उद्धार गरेका छन् ।

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि उद्धार गरिएको हो । हेरालु टोलीले वनबाट उद्धार गरी अस्पताल भर्ना गराएका छन् ।

वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । उनका अनुसार चार दिन अगाडि नै बीच जंगलमा लगेर छाडिदिएका र वन क्षेत्र निगरानीमा गएकाहरूले फेला पारी लिएर आएका हुन् । मोटरसाइकलमा बसाएर बीच जंगलमा लगेर छाडिदिएको खुलेको छ ।

वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको बताए । बेलबारी नगरपालिका-७, डांगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको छ ।

बृद्ध अहिले अस्पतालमा इन्तु न चिन्तु अवस्थामा रहेका र शरीर निकै कमजोर अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति