पाहुना आएका भिनाजुको खुकुरी हानेर हत्या

सोलुखुम्बु । सोलुखुम्बुको लुङ दुधकोशी गाउँपालिकामा हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लुङ दुधकोशी गाउँपालिका–२ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई आफ्नो भिनाजु थुलुङ दुधकोशी गाउँपालिका–१ का ६० वर्षीय सुरेश बस्नेतलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, प्रहरी चौकी नेले समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति