काठमाडौं । अभ्यास खेलका लागि भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रशिक्षण शुरु गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टिमले मंगलबारदेखि प्रशिक्षण शुरु गरेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत क्यानडामा हुने शृङ्खलाका लागि आवश्यक तयारीका लागि प्रशिक्षण गर्न भारत पुगेको हो।
यो टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ। यो अवसर क्यानको पहलमा बीसीसीआईले उपलब्ध गराएको हो।