असोज ३ मा प्रदर्शनमा नआउने भयो ‘ह्रस्वदीर्घ’

नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म ‘ह्रस्वदीर्घ’ असोज ३ गते रिलिज नहुने भएको छ।

फिल्मको पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले फेसबुकबाट जानकारी दिएकी छन्।

हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केही समय माग भइआएकोले उक्त मितिमा ‘ह्रस्वदीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं,’ नीताले लेखेकी छन्।

उनले वितरण कम्पनीसँग निरन्तर छलफल र संवाद अघि बढिरहेकोले छिट्टै नयाँ प्रदर्शन मिति सार्वजनिक गर्ने जनाएकी छन्।

यो फिल्ममा थुप्रै नेपाली कलाकारसँगै भारतीय कलाकारको समेत अभिनय छ। चन्द्र पन्तले फिल्मलाई निर्देशन गरेका हुन्। निर्माण टिमले केही दिनअघि सार्वजनिक गरेको गीतले यतिबेला चर्चा पाइरहेको छ।

‘ह्रस्वदीर्घ’ ले प्रदर्शन स्थगित गरेपछि अब असोज ३ मा सुशिल श्रेष्ठको ‘आउट ल’ तथा धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत ‘खुस्मा’ प्रदर्शनमा आउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ट्रेन्डिङ

No data was found