थामे बाढीबाट विस्थापित परिवारलाई ५० हजार राहत

सोलुखुम्बुमा गएको भेलबाढीबाट विस्थापित परिवारलाई बसोबासका लागि ५० हजार रुपैयाँ राहत उपलब्‍ध भएको छ।

खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा शुक्रबार दिउँसो गएको भेलबाढीबाट १५ परिवार विस्थापित भएका छन्।

पालिकाले ती १५ परिवारको बसोबासका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। पूर्ण रूपमा घर क्षति भएका १५ परिवारका लागि गृह मन्त्रालयले पनि १५ हजार रुपैयाँ वितरण गरेको छ।

त्यस्तै आंशिक क्षति भएका ३० घर परिवारलाई प्रति परिवार १० हजार रूपैयाँ राहत वितरण गरेको छ। साथै सबै पक्षबाट बाढीबाट क्षेतीग्रस्त पुर्वाधार पुन निर्माणको लागि आवश्यक पहल गरिने भएको पनि पालिकाले जनाएको छ।

शनिबार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र प्रशासनका प्रतिनिधिहरूले भेलबाढीले क्षति पुर्‍याएको ठाउँमा पुगेर पीडित परिवारसँग भेटघाट गरेको थियो।

रक्षा मन्त्री एवं सोलुखुम्बुका प्रतिनिधि सभा सांसद मानवीर राईको संयोजकत्वमा राष्ट्रिय सभा सदस्य एवं संघीय सवलिकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, खुम्बु पासाङल्हामु गाउॅपालिका अध्यक्ष मिङमा छिरी शेर्पा लगायत स्थलगत अवलोकनका लागि पुगेका थिए।

राष्ट्रिय विपद व्यवस्थापन समितिका कार्यकारी अधिकृत, गृह मन्त्रालयका सचिव, नेपाली सेनाका कर्नेल, सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं ५ का वडाध्यक्ष लगायत पनि पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found