मेची प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा शुरु

भद्रपुर । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरंग (ओपीडी) सेवा शुरु गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपीडी सेवा शुरु गरेका छन् ।

अस्पतालमा ओपीडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधित्याक हुने गरेको पहिलो चरणबाट नयाँ भवनबाट उक्त सेवा सुरुवात गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताए ।

“भवन निर्माण भएर मात्र हुँदै अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ”, उनले भने, “त्यसैले ओपीडी सेवामात्र शुरु गरेका हौं ।” उनले केही सामग्री खरीद गरिए पनि त्यो अपर्याप्त भएको बताए । पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ भवनबाट पूर्णरुपमा सेवा प्रवाह गर्न सकिने उनको भनाइ छ ।

नवनिर्मित अस्पताल भवनको तला थपका लागि सरकारले रू दुई करोड बजेट उपलब्ध गराइसकेको छ । भवनको ठेक्का प्रक्रिया शुरु भई काम अघि बढाइने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति