बुद्धशान्ति ४ मंगलबारेमा अस्थायी प्रहरी पोस्ट स्थापना

बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिका-४ स्थित मंगलबारेमा स्थानीय शान्ति सुरक्षा सुदृढ गर्न अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ।

EPIC EPIC

आइतबार आयोजित एक कार्यक्रमका बीच प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले उक्त प्रहरी पोस्टको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी कवीन्द्र राईसहित सुरक्षा निकायका प्रमुख एवं स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार यस पोस्टमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जना प्रहरी परिचालन हुनेछन्।

स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न यस पोस्टको स्थापना महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found