उदयपुरमा जिप दुर्घटना,एक शिक्षिकाको मृत्यु, २० जना घाइते

उदयपुर । उदयपुरमा जिप दुर्घटना हुँदा एकजना शिक्षिकाको मृत्यु भएको छ ।

EPIC EPIC

गाईघाट–लाहान सडक खण्डमा आइतबार दिउँसो जिप दुर्घटनामा परी उदयपुरकी एक शिक्षिकाको मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित २० जना यात्रु घाइते भएका छन्।गाईघाटदेखि लाहानत‌र्फ जाँदै गरेको बा १ ज ६२७९ नम्बरको विङ्गर जिप त्रियुगा नगरपालिका ६ जलजलेमाथि चुरे जङ्गलमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा त्रियुगा नगरपालिका ३ की ४९ वर्षीया गीता कार्की राउतको मृत्यु भएको प्रहरीले जनाएको छ। राउत त्रियुगा नगरपालिका ७ चुहाडेस्थित जनज्योति माविमा कार्यरत शिक्षिका हुन्।

लाहानतर्फ जाँदै गरेको जिप चुरे ओरालोमा ब्रेक फेल भई सडकदेखि ३० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राउतको घटनास्थलमै निधन भएको हो ।

चालक सप्तरीको सुरुङ्गा नगरपालिका २ का दिवस विकसहित १८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाँकी दुईजनाको भने विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राजन चापागाईंले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found