बिर्तामोड । माइ नगरपालिका १ इलाम स्थायी घर भइ विद्यार्थी भिसा (D2) मा कोरियाको उल्सान विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको असमाहिक रुपमा निधन भएको छ ।
उनी यसै बर्षको फेब्रुअरीमा दक्षिण कोरिया आएकि थिइन ।
उनको शव अहिले कोरियाको उल्सानस्थित अस्पतालमा पोस्टमार्टम भैसकेको र अब धेरै समय अस्पतालमा राख्न पनि नसकिने भएकाले परिवार तथा कोरियास्थित आफन्त लगायतसंग छलफल गरी शव नेपाल पठाउने निर्णय गरिएको छ ।