मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व

बिर्तामोड। इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ ।

पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् ।

मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको जोखिममा परेको हो । उनीहरु आफन्तको घरमा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।

घटनामा कुनै मानवीय तथा चौपायाको क्षति भने भएको छैन । अहिले पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ट्रेन्डिङ

No data was found