‘बुलाकी’ श्रीलंकाको फिल्म फेस्टिभलमा छनोट

फिल्म ‘बुलाकी’ दक्षिण एसियाभित्र प्रतिष्ठित मानिने श्रीलंकाको सिनेमा महोत्सव ‘जाफना इन्टरनेसनल सिनेमा फेस्टिभल २०२४’मा छनोट भएको छ।

EPIC EPIC

उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यु फिल्म प्रतिस्पर्धाका लागि यो फिल्म छनोट भएको हो।

जाफना सिनेमा फेस्टिभलको दशौँ संस्करण आगामी सेप्टेम्बरमा हुँदै छ। ‘बुलाकी’ प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गत वर्ष नेपाली फिल्म ‘दि रेड सुटकेस’ले जितेको थियो।

फिल्म निर्माता तथा अभिनेता विराज विष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै खुसी व्यक्त गरेका छन्।

नेपाल सरकारबाट विशेष फिल्मको अवार्डबाट पुरस्कृत यो फिल्मले यसअघि नै देश तथा विदेशका विभिन्न प्रतिष्ठित अवार्ड समारोहहरूमा बाजी मारिसकेको छ।

नेपालमा दोस्रोपटक प्रदर्शनीमा रहेको फिल्मले शुक्रबारबाट दोस्रो हप्ताको प्रदर्शनीको थालनी गर्दै छ।

पश्चिम नेपालको कर्णाली र सुदूरपश्चिम भेगको सामाजिक कथा उठान गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।

यो फिल्ममा विष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकीलगायतको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found