बुधबारे । दारी ग्याङ झापाको आयोजनामा झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे चोकमा बिहिबार वृहतरक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रममा ७ महिला सहित ७० जनाले रक्तदान गरेकको आयोजकले बताएका छन् ।
दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रमको अध्यक्षता दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले गरेका थिए ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता, उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्य लगायत विभिन्न वडाका वडाध्यक्ष, संघ संस्था प्रतिनिधि, दारी ग्याङका प्रदाधिकारी तथा सदस्य र स्थानीयहरुको सहभागीतामा सम्पन्न भएको हो ।