५ सय घट्यो सुन

काठमाडौं । सुनको मुल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ५१ हजार ९ सयमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । त्यसयता भाउ केही घटेको हो ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी यस दिन १८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति